KB · Hymns · #348
जीवनको दीप जीवन प्रभा चिरानन्द प्रकाश देऊ
G3/4
Chorus
जीवनको दीप, जीवन प्रभा चिरानन्द प्रकाश देऊ
हृदय मेरो लिएर नवीन आत्मिक बनाइदेऊ (२)
Verse
अन्तरात्माले मेरो विनय यही गर्दछ (२)
कलङ्क सब धोएर मसीही जीवन बनाइदेऊ ।
Verse
जीवन अरुणको रोशनी ल्याई यो मेरो हृदयाकाशमा (२)
आत्मामा नव उमङ्ग देऊ, हे प्रभु, बिन्ती सुनिलेऊ ।
Verse
आशा, विश्वास र प्रेममा स्थिर रहने शक्ति देऊ (२)
जीवन-यात्रा शेष भए आत्मा यो ग्रहण गरिलेऊ ।