KB · Hymns · #524
मेरो अन्तिम श्वाससम्मै
E4/4
Verse
(मेरो अन्तिम श्वाससम्मै ख्रीष्टको गीत गाई नै रहन्छु
मेरो अन्तिमा पाइलासम्मै उहाँलाई नै पछ्याइरहेछु) (२)
(ला ला ला ला ... हु) (४)
Verse
(मेरो अन्तिम दृष्टिसम्मै ख्रीष्टलाई म सदा हेर्नेछु
मेरो अन्तिम आकांक्षासम्मै सुसन्देशको बीउ छर्नेछु) (२)
(ला ला ला ला ... हु) (४)
Verse
(मेरो अन्तिम श्वाससम्मै ज्योति छर्दै डाँड़ा-पाखा लाग्नेछु
मेरो अन्तिम इच्छासम्मै उहाँलाई नै सदा चाहनेछु) (२)
(ला ला ला ला ... हु) (४)