KB · Hymns · #99
महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमा
F4/4
Chorus
महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमा
हे प्रभु तपाईंको मण्डली आराधना गर्छौ तपाईंलाई
Verse
प्रेमको ठूलो रहस्यलाई, महिमा गौरवको त्यागलाई (२)
सम्झन्छु क्रूसको दुःखलाई, अर्पन्छु सर्वाङ्ग तपाईंलाई (२)
Verse
आउनु भो’ प्रभु हाम्रो माझमा, जड़िएको मन मन्दिरमा (२)
भरपूर छु, भरिइरहन्छु, झन् नजीक हुन चाहन्छु (२)
Verse
महिमा, आदर र धन्यवाद सर्वदा गर्दछु दण्डवत् (२)
तपाईंको गम्भीर प्रेमको सागरमा डुबेँ प्रभु म (२)