KB · Hymns · #671
कुन बाटो हिड़्दैछौ हिड़ेकी किन
E4/4
Chorus
कुन बाटो हिड़्दैछौ हिड़ेकी किन (२)
येशू नै तयार छन् मुक्तिदान दिन (२)
Verse
जीवन हाम्रो दुइ दिनको घाम छाया मात्रै हो (२)
येशूमा नै जीवन छ मानिस जातिको
येशू आए संसारमा स्वर्ग छोडेर
(नाश नहोस् कोही पनि बाँचोस् भनेर) (२)
Verse
नबिताउ जीवन हाम्रो व्यर्थै व्यर्थैमा (२)
मुक्ति लेऊ सित्तै प्रभु येशूमा
बितिजान्छ समय फर्की आउदैन
(विश्वास गरे आत्मा हाम्रो मर्न पाउँदैन) (२)