KB · Hymns · #651
मादलको तालमा नम्रताको चालमा
Em4/4
Chorus
मादलको तालमा नम्रताको चालमा
मीठो आवाजमा भक्तिको साथमा,
(रमाऔँ येशूको उपस्थितिमा) (२)
Verse
कुहुकुहु कोइली करायो येशू आउने हल्ला गुञ्जियो (२)
लाली गुराँस वनमा फक्रियो
येशू आउने विश्वास जन्मियो सबैको मनमा
एउटै आशा छ, सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)
Verse
वचन सबै पूरा हुदैछ, चिन्हहरू देखा पर्दैछ (२)
गाउँ शहर प्रचार हुँदैछ, येशू आउने खबर पुग्दैछ
सबैको मनमा एउटै आशा छ,
सबैको मनमा एउटै भरोसा छ
(हाम्रो येशू आउनै लागे छन्) (३)