KB · Hymns · #63
उदेकको त्यो तारा चम्कियो आकाशमा
D4/4
Verse
उदेकको त्यो तारा चम्कियो आकाशमा
जन्मनुभो’ प्रभु आज गाईको गोठमा, हाम्रा जीवनमा ।
Chorus
होस्-होस् प्रभुलाई महिमा हाम्रो जीवनमा
होस्-होस् प्रभुलाई महिमा अनन्त कालसम्म
Verse
उदेकको त्यो बलिदान प्रभुले जो दिनुभो’
श्रापित क्रूसमा मर्नुभो’ प्रभु दिनु एक वरदान
हामीलाई मुक्तिदान ।
Verse
उदेकको त्यो आशा पाउँछौ जो प्रभुमा
आउनेछन् बादलमा तुरहीको साथमा
लिन हामीलाई उनकै राज्यमा ।