KB · Hymns · #432
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
G6/8
Chorus
उपस्थित ख्रीष्टको छायामा बाँचिरहेको छु यहाँ
उनैको अद्भूत मायामा हाँसिरहेको छु यहाँ
उनैको कोमल कृपामा गाइरहेको छु यहाँ
Verse
जीवनमा एक दिन रात पर्छ यहाँ, मस्त निदाउँछु
कलवरीपारि सुन्दर बिहान मानिस ब्युँझन्छ
मनोहर भागमा स्वर्गीय राजमा जयवन्तको गीत गाउँछु
येशूको मुहार आफ्नै अघि देखेर रमाउँछु ।
Verse
हीराले जड़ी तयार गरी राखेको शहरमा
मणि जड़ेका शहरका ढोका बाटा छन् सुनौला
हिँड़्नेछु सदा येशूको साथमा सन्तगण लहरमा
हात-हातमा येशूको साथ बस्नेछु सर्वदा ।
Verse
संसारको दुःख केही पनि होइन, स्वर्गको सुखमा
सतावट पनि केही पनि होइन, स्वर्गको महिमामा
सम्मान र मुकुट मिल्नेछन् मलाई त्यो पूर्ण मिलनमा
बिहानका तारा, ख्रीष्ट मेरा प्यारा, पूज्नेछु सर्वदा ।