KB · Hymns · #19
याह्वेको स्तुति, स्तुति ईश्वरको
Em2/2
Chorus
(याह्वेको स्तुति, स्तुति ईश्वरको, सूर्य औ चन्द्रमा) (२)
पवित्र दूतगण, सेना ईश्वरका उच्च स्थानमा गर ... स्तुति याह्वेको
Verse
हे ज्योतिर्मय तारागण सब, हे विशाल आकाश
अनि भूलोकका निर्मल जल र असिना, हिउँ राश,
महासागर औ पर्वत, अग्नि, आँधी, मेघ, बतास प्रशंसा गर
फलवन्त वृक्ष, पिता ईश्वरको गर ... स्तुति याह्वेको ।
Verse
राजा, प्रजा, न्यायाधीश, हाकिम, राज्य-राज्यका,
युवक, युवती, बालक, वृद्ध सारा पृथ्वीका,
वन-पशु र पशु घरेलु, पक्षी गगनका,
प्रशंसा गर महान् महिमित पिता ईश्वरको, गर स्तुति याह्वेको ।