KB · Hymns · #183
यस लोक जब येशूले छोड़्नुभो
C3/4
Verse
यस लोक जब येशूले छोड़्नुभो’, प्रभु जो शिर हुनुहुन्छ मण्डलीको
तब दिए चेलालाई आज्ञा यस रीतले मान्नु सर्वदा ।
Verse
मलाई दिइयो यस संसार र स्वर्गमा सब अधिकार
यसकारण सबै देशमा जाऊ सब जातिलाई चेला तुल्याऊ ।
Verse
नाउँ पिता, पुत्र, आत्माकोमा गर तिनलाई बप्तिस्मा
मैले सब दिएको आज्ञा तिनैलाई मात्रलाई सिकाऊ ।
Verse
रहन्छु सब दिन साथ तिम्रो, अँ अन्तसम्म जगत्को
हे प्रभु, आफ्नो कुराझैँ देऊ, आशिष् यस रीत मान्नेलाई ।