KB · Hymns · #30
कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला
A3/4Translated
Verse
कसका सामू गोठमा घुँड़ा टेक्छन् गोठाला ?
Chorus
प्रभु हो उदेकको कुरा, प्रभु हो वैभवका राजा
घुँड़ा टेक्दै हामी आऔँ, प्रभु ख्रीष्टमा मुकुट लाऔँ
Verse
खुशी भई घरैमा आफ्नो हातले काम गर्दा ।
Verse
सारो भोको जंगलमा शैतानसँग युद्ध गर्दा ।
Verse
आफ्नो मीतको चिहानमा उभी दुःखले रुँदा ।
Verse
संकट भई बारीमा आधा रात प्रार्थना गर्दा ।
Verse
पापको क्रूसमा टाँगिदा, शत्रुलाई आशिष् दिँदा ।
Verse
आफ्नो निज चिहान छोड़्दा, यस संसारको त्राण गर्दा ।
Verse
स्वर्गको सिंहासनमा बसीकन राज्य गर्दा ।