KB · Hymns · #60
उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
G4/4
Chorus
उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
धन्यवाद महिमा स्तुति होस् सर्वदा
Verse
पिताले पुत्रलाई संसारमा दिनुभो’
यो कति उदेकको प्रेम ईश्वर पिताको,
येशू ख्रीष्ट प्रेमिलो प्रेमले स्वर्ग छोड़्नुभो’
गेतसमनी पनि प्रेमले जानुभो’ ।
Verse
प्रेमले क्रुसको मृत्यु भोग्नुलाई जानुभो’
मृत्युबाट तेस्रो दिन बौरी उठ्नुभयो
येशू ख्रीष्ट जीवित छन्, म उनमा जिउँदछु
तन-मनले उनैको गाउनेछु गीत जयको ।
Verse
उदेकको प्रेमिलो ख्रीष्ट येशू राजाको
धन्यवाद महिमा, स्तुति होस् सर्वदा
जानुभो’ स्वर्गलोकमा फिर्नेछन् बादलमा
लिएर हामीलाई पुर्याउँछन् त्यस ठाउँमा ।