हेर दाजै
D6/8
Chorus
हेर दाजै (२) मुक्तिको दिन आयो
येशूमाथि भक्ति राखी, ध्यान राखी दिन रमाउने लौ आयो
Verse
गोठालो जनले प्रभु हो बालक भनेर जानिलिए
बेथलेहेम गोठमा चरण परी अवतार हो मानिलिए ।
खबर पुरानो दूतगणले ल्या’को कुरा यो साँचो हो
विश्वास गरी येशूलाई लिनु सबैको खाँचो हो ।
Verse
सबैले मागे, लिएर भागे, तिमी र म रित्तो
कर्मको चक्र, धर्मको फिक्री जुनी नै भो’ तीतो
आफैलाई दिन येशू नै मात्र धरतीमा हो आउने
यही हो बेला भजेर येशू मनमा बोलाउने ।
Verse
सारा भूलोकको मालिक हुन्, येशू, बुझ्ने यो ज्ञान दिए
गोठमा लड़े क्रूसमा चढ़े, आफ्नै त्यो ज्यान दिए
हटाउन कालो पापको मैलो अँधेरी जगतको
बगेर आयो, उर्लेर आयो खोला त्यो रगतको ।