KB · Hymns · #212
उँभै ता हेरूँ स्वर्गलोक छ
D4/4
Verse
उँभै ता हेरूँ स्वर्गलोक छ (२),
उँधै ता नरलोक, हेर प्रिय भाइ (२)
Verse
तिमीले भन्छौ स्वर्ग तर्छु (२),
तर्छौं पो कसरी, हेर प्रिय भाइ (२)
Verse
स्वर्ग तर्नु खेलठट्टा छैन (२),
धाउनुछ ख्रीष्टकहाँ, हेर प्रिय भाइ (२)
Verse
स्वर्ग बाटो एउटा छ खालि (२),
उनी हुन् प्रभु ख्रीष्ट, हेर प्रिय भाइ (२)
Verse
ख्रीष्टलाई भजी तर्नु छ पारि (२),
मन गरी एक चित्त, हेर प्रिय भाइ (२)
Verse
पिताले दिन्छन् स्वर्गलोकमा (२)
बस्नु ता नित्यनित, हेर प्रिय भाइ (२)