KB · Hymns · #204
येशूले हामीलाई बचाए
D9/8
Verse
येशूले हामीलाई बचाए आफ्नो अमोल रगत बहाए,
सब दोषी ‘थ्यौँ छुट्कारा नपाई, ख्रीष्टले बचाए हामीलाई ।
Chorus
हे पापी जन, यो सुसमाचार सधैँको लागि गर स्वीकार
आऊ क्रूसको छेउमा भारी बिसाई, ख्रीष्टले बचाए हामीलाई
Verse
पापदेखि सबै पायौँ छुट्कारा, ख्रीष्टको जन अब भइगयौँ सारा
प्रेमैले भन्छन् मकहाँ आऊ, सधैँको लागि मुक्ति पाऊ ।
Verse
ईश्वरका पुत्र कस्तो आनन्दित, अधिकार उनको महिमासहित
मृत्यु नदी पार भई विश्राम गर्नेछौँ, आनन्द परमलोक ।