KB · Hymns · #364
हे परदेश जाने जन हो
F4/4
Verse
हे परदेश जाने जन हो, भनिन्छौ धन्यका
ख्रीष्ट शिरैतिर जाँदै ख्रीष्ट साथी साथमा ।
Verse
संसारको त्राणका लागि ख्रीष्टकै बाटोमा
दु:खित र भोका हुँदै भनिन्छौँ धन्यका ।
Verse
जुन क्रूसलाई ख्रीष्टले बोके, त्यो तिम्रोलागि थियो
जुन काँड़े-मुकुट लाए, त्यो तिम्रोलागि थियो ।
Verse
जुन विश्वासले ख्रीष्ट देख्छौ, जुन आशा राख्दछौ
जुन प्रेमले ख्रीष्टलाई हेर्छौ, जब दु:खमा अल्झियौ ।
Verse
यी के अगौटे होइनन् पिताकहाँ पुर्याउने
यी आफैआफ मूल ज्योतिका किरण छोड़ी अरू के ।
Verse
जुन कष्ट र क्लेशले घेर्छन्, जुन दुःख भोग्नुछ
जुन बेहिसाब परीक्षा छन् यहाँ असाध्य ।
Verse
यी सबै ख्रीष्ट शोभा स्वर्गका जस्ता सिङ्गार
यी स्बै एउटा लिस्नु उकाल्ने स्वर्गको द्वार ।
Verse
हे धन्य यात्री जन हो होस् स्वर्गको सम्झना
जहाँ थोरै दुःखको साटो धेर सुख छ प्रभुकहाँ ।