KB · Hymns · #225
एक दिन जगत्लाई छोड़्नुछ एक दिन मरणमा पर्नुछ
F2/2
Chorus
एक दिन जगत्लाई छोड़्नुछ
एक दिन मरणमा पर्नुछ
आउनु खालि अलिक दिन बस्नु
एक दिन सबै थोक छोड़्नुछ
Verse
धन-सम्पत्ति, माया पिरती जाँदैनन् सँग यी
समयलाई व्यर्थ विताउँछौ किन ? सदा नरहने ती ।
Verse
नासिने जगत्मा सुख-चैन गर्छौ सबै यो व्यर्थ छ
सदा नरहने जीवनमा भूलेँ व्यर्थै-व्यर्थ छ ।
Verse
महल बनाई बगैँचा लगाई बस्दछन् रानी
बगैँचामा सधैँ बुलबुल बोल्दैन, यो पनि व्यर्थै हो ।
Verse
बालकपन ता खेलमा बित्यो, जवानी पापमा छ
मरे फेरि के याद छैन नरकमा जानुछ ।
Verse
जगत्गुरू सारा लोकका मृत्युमा परे
मरिगए सबै राजा-महाराजा माटोमा मिले ।
Verse
पापको क्षमा प्रभु येशूको रगतमा पाउनेछौँ
विश्वास उनमा अहिले गर मुक्ति पाउनेछौ ।