KB · Hymns · #299
येशू मेरो गोठालो
G2/2
Chorus
येशू मेरो गोठालो, म उनको गुण गाउँदछु
जसको हुँ म सानो पाठो, पछि पछ्याउँछु
Verse
हरियो चउरमा मलाई चराउँदछन्
सुख-चैनको पानीमा मलाई डोर्याउँदछन्,
उनी अघि-अघि हिँड़्दछन् र मेरा पाउ डोर्याउँदछन्
धर्मका बाटामा हात समाई लिई हिँड़ाउँदछन् ।
Verse
मृत्युको तराईमा मलाई हिँड़ाउँदछन् ।
शैतानको भयदेखि मलाई बचाउँदछन्,
बलवन्त र शक्तिमान् बनाई जयवन्त सधैँ गराउँदछन्
उनको शिक्षा-दण्डले मलाई चेतमा ल्याउँदछन् ।
Verse
दुश्मनका सामुन्नेमा भोज तयार गर्दछन्
जीवनको कचौरो भराई रहँदछन्,
उनी शिरमा तेल मल्दछन्, भलाई करुणा गर्दछन्
उनको अनन्त राज्यमा सदा बस्ने गर्छु ।