KB · Hymns · #838
साँचो न्याय अब त्यहाँ हुनेछ
C2/2
Chorus
साँचो न्याय अब त्यहाँ हुनेछ परमेश्वरको अगाडी
मानिसलाई अनका काम अनुसार प्रतिफल उनले दिनेछन् (२)
खेजी गर्ने समय छ अहिले परमेश्वरलाई यही संसारमा ।
Verse
यो जान आखिरी दिनमा डरलाग्दो समय आउनेछ
मानिस स्वार्थी, धनको लोभी, घमण्डी हठी हुनेछन् ।
Verse
निन्दक औ माता पिताका आज्ञा सब पालन नगर्ने,
बैगुणी र अपवित्र, स्वाभाविक प्रेमरहित हुन्छन ।
Verse
औ मानिस खुशी नहुने अर्कालाई सधैं दोष लगाउने
असंयमी, निष्ठुर, असल नरूचाउने, विश्वासघाती ।
Verse
उत्ताउला दिमागी हुन्छन्, परमेश्वरभन्दा सुख विलास,
बरू निको मान्ने हुन्छन्, भक्तिको भेष धारण गर्छन् ।
Verse
मानिसका सारा चाल विचार आफ्ना दृष्टिमा ठीक हुन्छन्
तर मानिसका हृदयलाई परमेश्वरले नै जाँच्नेछन् ।