KB · Hymns · #243
ल है च्याङ्गबा केही भन्छु
G4/4
Chorus
ल है च्याङ्गबा केही भन्छु, सुनिदेऊ है चित्त लगाई
येशूको प्रेमलाई बुझेर मनभित्र गुनिदेऊ है
Verse
स्वर्गको सुख-चैन छोड़ी मानिसको रूप लिई (२)
बाचाउन भनी हामीलाई हाम्रो बदली मर्नुभयो (२)
Verse
ईश्वरको नजरमा च्याङ्गबा हामी सबै पापी छौँ है (२)
हाम्रो पाप धुनलाई येशूको रगत आलै छ है (२)
Verse
संसारबाट मुक्ति पाई स्वर्ग सुखमा बस्ने हो भने (२)
ल है च्याङ्गबा तिमी पनि येशूमा विश्वास गर है (२)