KB · Hymns · #621
म आएर ढोकामा ढकढकाइरहेछु
G4/4
Chorus
म आएर ढोकामा ढकढकाइरहेछु, म आएर तिमीलाई बोलाइरहेछु (२)
म हुँ येशू भित्र आउन चाहन्छु, म हुँ येशू ढोका खोलेको चाहन्छु ।
(तिमीसँग बसी तिम्रो नजीक रही भोज खान म चाहन्छु) (२)
Verse
आउ बसेर हामी छलफल गरौँ
तिम्रो मेरो सम्बन्धलाई अझ गहिरो गराऔँ
आउ बसेर हामी सङ्गति गरौँ
तिम्रो मेरो सम्बन्धलाई अझ स्थिर बनाऔँ
म हुँ येशू तिमीलाई प्रेम गर्छु
म हुँ येशू ढोका खोलेको चाहन्छु
(तिमीसँग बसी तिम्रो नजीक आई भोज खान म चाहन्छु) (२)
Verse
कति हुन्छौ व्यस्ततामा मेरो स्वरलाई सुन
व्यस्ततामा रहँदा रहँदै मलाई नभूल (२)
म हुँ येशू पहिलो प्रेम चाहन्छु (२)
(तिमीसँग बसी तिम्रो नजीक रही भोज खान म चाहन्छु) (२)