KB · Hymns · #827
मेरो आँखाको आँशु पुछिदिने
Gm3/4
Verse
(मेरो आँखाको आँशु पुछिदिने हृदयका चोट निको बनाउने) (२)
मृत्यु र जोखिमबाट बचाउने आफू रोएर मलाई हासाँउने
(मेरो येशू कति महान, मेरो येशू कति महान) (२)
Verse
(दुःख सहेर सुख दिने मृत्यु अँगाली जीवन दिने) (२)
बेसहारा भई लडेको बेला सहारा दिएर मलाई उठाउने
(मेरो येशू कति महान, मेरो येशू कति महान) (२)
Verse
(मेरो लागि नै क्रूसमा टाँगिने मेरो लागि सबै दर्द सहने) (२)
पापको दलदल हिलोबाट सारा जगतको उद्धार गर्ने
(मेरो येशू कति महान, मेरो येशू कति महान) (२)