KB · Hymns · #630
एउटा आत्मा बाँच्दा यहाँ स्वर्गमा रमाहट हुन्छन्
G4/4
Chorus
एउटा आत्मा बाँच्दा यहाँ स्वर्गमा रमाहट हुन्छन् भने
एउटा आत्मा भड्कँदा पनि स्वर्गमा सबै नै शोकित हुन्छन् (२)
(धिक्कार छ) (३) त्यो मानिसलाई जसद्वारा आत्मा भड्कँन्छन्
(धिक्कार छ) (३) त्यो मानिसलाई जसद्वारा आत्मा भड्कँन्छन्
Verse
उसको घिच्रोमा जाँतोको माला पहिराइदिनु
कहिले ननिस्कने गरी समुद्रमा फालिदिनु
परमेश्वरको नियम तोड़ेर आफ्नो नियम चलाउनेहरू
सत्यको मण्डली भित्र झूटको खेती गर्नेहरू
यस्ता मान्छे यस जगत्मा जन्मनु अभिषाप भयो
मण्डलीलाई पाप भयो ।
Verse
परमेश्वरको मनको चाह सबैले मुक्ति पाउन्
योजना उनको हामीलाई स्वर्गमा सँगै रहूँन्
रगतको मूल्य चुकाई बचाइएका उनका जन
भड्किएर जान्छ भने दुःखित हुन्छ ख्रीष्टको मन
जुन मानिसले काम बिगार्छ श्राप उसलाई पर्दछ
तड्पि रड्पि मर्दछ ।