KB · Hymns · #167
अन्धकारमा भुलिरहेका मानवलाई
C6/8
Chorus
अन्धकारमा भुलिरहेका मानवलाई
ज्योति देखाउने स्तुति महिमा छ प्रभुलाई (२)
Verse
निष्कलङ्क बलिदान निर्दोष प्रभुको अमूल्य रक्त उद्धारको बाटो बन्यो
साटोमा यसको तपाईंलाई के चढ़ाऊँ, स्तुति-महिमा छ प्रभुलाई
Verse
मृत्युमाथि जय प्राप्त गरी पिताको दाहिने हात बसी बिन्ती गर्ने
साटोमा यसको तपाईंलाई के चढ़ाऊँ, स्तुति-महिमा छ प्रभुलाई
Verse
प्रतिफल जीवनको रक्षक तपाईं, निःस्वार्थ प्रेमको सत्य ज्योति
अनन्त, शान्ति र आशा हाम्रो, स्तुति महिमा छ प्रभुलाई