आऊ सब पापी दीन दरिद्र
B73/2Translated
Verse
आऊ सब पापी, दीन, दरिद्र, लखतरान, दुःखित, अनाथ
येशू तिमीलाई बचाउन पर्खिन्छन् प्रेम, शक्तिसाथ
Chorus
ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य, ख्रीष्ट छन् योग्य
ख्रीष्ट छन् राजी, नडराऊ, ख्रीष्ट छन् राजी, नडराऊ
Verse
आऊ दरिद्र, ख्रीष्ट निम्त्याउँछन्, लेऊ वरदान परमेश्वरको
पश्चात्ताप र सत्य विश्वास सब अनुग्रह चाहिँदो
विनापैसा, विनापैसा (२) येशूबाट लिन आऊ (२)
Verse
आऊ सब बेसरी लादिएका, पापको सागरमा डुब्ने आऊ
शुद्ध हुनु पर्ख्यौ भने तिमी कहिल्यै आउँदैनौ
धार्मिक होइन, धार्मिक होइन (२) पापीलाई डाक्छन् येशू (२)
Verse
देहधारी ईश्वर येशू स्वर्ग फर्के तारणहार
राख उनैमा भरोसा, उनको वचनमा पत्यार
खालि येशू, खालि येशू (२) गर्छन् पापीलाई उद्धार (२)