KB · Hymns · #201
मुक्तिदाताले बोलाउँदैछन्
D6/8
Chorus
मुक्तिदाताले बोलाउँदैछन् (२)
प्रेमैले बोलाउँदैछन्, तिम्रो पाप धुनलाई
Verse
प्रभु छन् उभिएका हृदय-द्वारमा (२)
वचन सुनी खोलन, हृदय-द्वार खोलन (२)
हृदय-द्वार खोलन ।
Verse
किन अबेर गर्छौ दाज्यू-भाइ हो (२)
दिदी-बहिनी, साथी हौ नयन खोलन (२)
हृदय-द्वार खोलन ।
Verse
शान्ति दाताले बोलाउँदैछन् (२)
प्रेमले बोलाउँदैछन्, शान्ति दिनलाई (२)
शान्ति दिनलाई ।