पापी मर्नुपर्ने क्रूसमा धर्मी येशू बलि भए
D3/4
Chorus
पापी मर्नुपर्ने क्रूसमा धर्मी येशू बलि भए (२)
मानव हितका लागि उनले सबै दुःख पीड़ा सहे,
एकजनाको बलिदानले सबै जनाको उद्धार भयो,
(रगत बग्यो निर्दोषको दोषी सबलाई माफी भयो) (२)
Verse
(आएथे ख्रीष्ट संसारमा जहिले बलिदान हुनलाई) (२)
मर्नु है पर्यो क्रूसमा उनी पाप सबैको धुनलाई
क्रूसको पीड़ा संसारको घृणा येशूले सही दिए
(पापीको खोटमा कोर्राको चोटमा बलि नै भएदिए) (२)
Verse
(त्यागेथे प्राण पहिरेर मुकुट शिरमा काँड़ाको) (२)
कसरी चुकाऔं प्रभुको ऋण कलवरी
त्यो डाँड़ाको क्रूसको कथा क्रूसको
व्यथा दोहोरिन नपाओस्
(पापीका लागि धर्मीजन मर्ने दिन फेरि नआओस्) (२)