पापी काम नगर नबोल क्रोधी बात
D2/4
Verse
पापी काम नगर, नबोल क्रोधी बात
ख्रीष्ट हुन् तिम्रा प्रभु, ती छन् तिम्रोसाथ ।
Verse
ख्रीष्ट दयालु प्रेमी, ती हुन् शुद्ध र सत्
बालकैको पनि होस् पवित्र गत ।
Verse
शैतान दुष्ट आत्मा अहिले हेर्दैछ
गर्छ त्यो परीक्षा सधैँ घेर्दैछ ।
Verse
त्यसको बात नसुन, सुन्नु पाप नै छ
सधैँ भलो गर्नु ख्रीष्टलाई प्यारो छ ।
Verse
ख्रीष्ट हुन् तिम्रा प्रभु, उत्तम पवित्र
उनको नानी भलो हुनु उचित छ ।