KB · Hymns · #765
मेरा प्रभु येशूज्यू, तिमी आयौ मकहाँ
E3/4
Verse
मेरा प्रभु येशूज्यू, तिमी आयौ मकहाँ (२)
आउँछु तिम्रो चरणमा, उपासना गर्दछु ।
Chorus
तिमी मेरो जीवन हौ, तिमी सत्य, मार्ग हौ ।
Verse
बोल मेरा प्रभुज्यू, मलाई शिक्षा दिनलाई (२)
स्वर्गीय इच्छा देखाऊ, म ग्रहण गर्दछु ।
Verse
म एक कमजोर पात्र हुँ, आफूलाई होच्याउँदछु (२)
ममा असल केही छैन, तिमी मेरो पूर्णता ।
Verse
तिमीलाई चिन्ने ज्ञानमा, बढिरहन सकुँ म (२)
तिम्रो महान्तालाई, बुझिरहन सकुँ म ।
Verse
मेरा प्रभु येशूज्यू, तिम्रो प्रेममा सुम्पन्छु (२)
तिमी मेरा सदालाई, साथ दिने प्रभु हौ ।