KB · Hymns · #391
हाम्रो जीवनको हरेक क्षणमा
C6/8
Verse
हाम्रो जीवनको हरेक क्षणमा ख्रीष्टको माया बाँधिएको छ
हाम्रो जीवनको हरेक पाइलामा ख्रीष्टको शान्ति गाँसिएको छ ।
Verse
संसारकालाई किन हेरूँ, प्रभुको साथ भए पुग्छ
मलाई संसार चाहिँदैन, मलाई प्रभु भए पुग्छ ।
Verse
समयलाई किन हेरूँ, जीवनको बाटो भए पुग्छ
मलाई संसारमा बाँच्न प्रभुको वचन भए पुग्छ ।