घुंडा सम्म होइन
G6/8
Chorus
घुंडासम्म होइन कम्मरसम्म होइन
चुर्लुम्मै डुब्न चाहन्छु
येशूको प्रेमको सागरमा
Verse
जुरेली झै होइन भङ्गेरी झै होइन
चील जस्तै उड्न चाहन्छु
येशूको प्रेमको आकाशमा
Verse
छैन अरू कुनै नाउँ यो धर्तीमा
मलाई गाँउन मन लग्ने मलाई रूझ्न मन लग्ने
येशू नाउँ मात्रै मलाई गाँउन मन लग्ने
मलाई रूझ्न मन लग्ने