KB · Hymns · #10
राजा परमेश्वरको सृष्टि
C3/4
Verse
राजा परमेश्वरको सृष्टि, स्वरले आफ्नो राग उचाली गाऊ स्तुति
हल्लेलूयाह, हे किरण घामको जस्तो सुन, आकाशमा चाँदीजस्तो जून ।
Chorus
गाऊ स्तुति, उनको स्तुति हल्लेलूयाह, हल्लेलूयाह, हल्लेलूयाह
Verse
हे हावा, जोरमा सामर्थी आकाशको बादल, हे तिमी गाऊ स्तुति
बिहानको ज्योति, स्तुति गाऊ बेलुका, चम्की खूब कराऊ, हल्लेलूयाह ।
Verse
हे सफा धारा, बग्दै गाऊ, प्रभुले सुनुन् राग बजाऊ, गाऊ स्तुति
हे आगो, मालिक, चम्किलो उज्यालो दिने मान्छेको, हल्लेलूयाह ।
Verse
सब नम्र मनका गर राग, माफ दिई लेऊ आफ्नो भाग, गाऊ स्तुति
हे दुःख सहनेहरू हो, शरण र आशा उनमा हो, हल्लेलूयाह ।
Verse
हे मरण, दिन्छ जो विश्राम जब गरिसक्यो हाम्रो काम, गाऊ स्तुति
ईश्वरको बालक, स्वर्गलाई देखाउँछौ बाटो येशूकै, हल्लेलूयाह ।
Verse
सब थोकले गाऊन् धन्यवाद, दीन भई गरून् सधैँ याद, गाऊ स्तुति
पितालाई स्तुति, पुत्रलाई, आत्मालाई पनि गाऊ जय हल्लेलूयाह ।