KB · Hymns · #482
येशू धन्यवाद मैले पुज्नुपर्दैन
Am2/4
Chorus
येशू धन्यवाद मैले पुज्नुपर्दैन
न आकाश, न पृथ्वीका आकृतिहरू
तिमीले चिनाइदियौ साँचो परमेश्वरलाई
येशू धन्यवाद ।
Verse
पहाड़, नदी, जङ्गल र बादल तिम्रै सृष्टि हो (२)
कसरी पुजूँ मैले तिम्रा हातका रचनाहरू ?
तिमीले बताइदियौ आदि-अन्त तिमी नै हौ ।
Verse
तोडूँ कति मेरो जीवनलाई मुक्तिको खोजीमा (२)
पुण्य गरेँ भन्छु, छैन शान्ति मेरो आत्मामा
तिमीले देखाइदियौ बाटो, सत्य र जीवन ।