KB · Hymns · #264
सुनन साथी यो मीठो कुरा मनमा गुनन
G6/8
Chorus
सुनन साथी यो मीठो कुरा मनमा गुनन
आनन्दै उनी जो येशूदेखि नयाँ धन पाउँदछ (२)
Verse
जक्कै नाउँ भएको, थुप्रै धन उसको, ठगेर यस्तो भो’
सरकारको तिरो उठाउँदा उसले मनपरी चोर्दथ्यो ।
Verse
जीउ उसको पुड़्को, मन उसको छुच्चो घिन गरे सबैले
“हृदयको शान्ति कसरी पाऊँ” खोज्यो त्यो उपाय नि ।
Verse
“येशूज्यू आउँदा कसरी भेट्ने ?” चढ़्यो रूख नेभारा
“अब म देख्छु मेरो पाप मेट्ने पाउँछु की उद्धार ?”
Verse
जब ख्रीष्ट आए मास्तिर हेरे भने, “ओर्लेर आऊ,
तिम्रो घर जक्कै वास बस्नुपर्ने, सँगसँगै हामी जाऔँ” ।
Verse
तल आई जक्कै कति रमायो मन उसको फेरेथ्यो
“जे जति ठगेँ, नराम्रो गरेँ, ठीकै पर्नुपर्यो ।”
Verse
उसैको घरमा ख्रीष्ट येशू आई उसलाई दिए शान्ति
सम्पत्तिभन्दा पापको माफी ठूलो धन सम्झ्यो नि ।