प्रभु नदी बहाउनुहुने
G2/4
Chorus
(प्रभु नदी बहाउनुहुने निर्जल उजाड़ पहाड़हरूमा) (२)
Verse
मरूभूमिलाई घना जंगलझैँ प्यासा भूमिलाई अदनझैँ
बनाउनुहुने प्रभु तपाईं, (बदल्नोस् प्रभु, मेरो हृदय) (२)
Verse
घटीहरूलाई प्रभु, तपाईंले जीवन-जलले भर्नुहुन्छ,
प्रभु, तपाईं सनातन चट्टान, (प्रभु, भर्नुहोस् मेरो हृदय) (२)
Verse
नदीका तीरका जीवन वृक्षझैँ जसका पात छन् स्वस्थ पार्ने,
राख्नोस् जाति-जातिको बीचमा (सम्हाली प्रभु, दाहिने हातले) (२)
Verse
शान्तिरहित छु शक्तिहीन पनि तर तपाईं मुक्तिदाता
बगाउनोस् नदी पीशोन औ गीहोन (उजाड़ मेरो यो जीवनबाट) (२)
Verse
प्रभुज्यू, म ता छु अति निष्फल, जर्जर, संकीर्ण मनको
बगाउनुहोस् नदी हिद्देकेल, फरात (निरर्थक मेरो जीवनबाट) (२)