KB · Hymns · #20
घुम्दै फिर्दै गाईको गोठमा
G4/4
Verse
घुम्दै फिर्दै गाईको गोठमा आए गोठालाहरू
देखे सानो डुँड़्मा येशू गोठमा पस्रिरहेका ।
Chorus
हाम्रो आनन्दको दिन आयो, धन्य हाम्रो मुक्ति भो’
गाऊ संसारको सबै सृष्टिले, मानिस रूप दिए ख्रीष्टले
Verse
ताराको अगुवाइ पाई आए ज्योतिषीहरू
देखि दण्डवत् सबले गरी उनलाई भेटी चढ़ाए ।
Verse
आऊ सबै भाइ-बहिनी गाऔँ साँचो स्तुतिगान
भनून् सबले हल्लेलूयाह गरौँ सधैँ महिमागान ।