प्रेम गर निष्कपट दया गर निष्कपट
D7/4
Chorus
प्रेम गर निष्कपट, दया गर निष्कपट
आफ्नो पापलाई त्यागेर प्रभु येशूमा
Verse
जुन कुरा छ पाप र शैतानले भरेको
त्यही कुरा छ मन नपर्ने पिता परमेश्वरको
घृणा गर त्यो कुरालाई सधैँ तिम्रो ठाउँमा
परै राख त्यो कुरालाई परमेश्वरको छेउमा ।
Verse
जुन कुरा छ राम्रो सधैँ परमेश्वरको छेउमा
त्यही कुरा हो गर्नुपर्ने परमेश्वरको नाउँमा
दाज्यू-भाइमा बराबर माया-प्रेम गर
कदर गर्ने भावना सधैँ आफ्नो मनमा भर ।
Verse
कोशिश गर सबै काममा अल्छे नबनेर
प्रभु सेवा गर्दै बस जोशिलो बनेर
स्थिर बस संकष्टमा आशामा आनन्द गर
धीरजी बनी सबै काममा, प्रार्थना अटुट गर ।
Verse
मदत गर सभा-घरमा पवित्र जनहरूलाई
धन्य भन सर्धै तिम्रो खेदो गर्ने जनलाई
प्रभु भन्छन्, “बदला लिने काम सबै मेरो हो”
तर तिम्रो भोको शत्रुलाई तिमीले खुवाउने होऊ ।