KB · Hymns · #141
मेरो मीत येशू महिमित बादलमा
B3/4
Chorus
(मेरो मीत येशू महिमित बादलमा मलाई लिनलाई आउँदैछन्) (२)
(सनईको स्वरले पृथ्वी ढाकी मलाई लिनलाई आउँदैछन्) (२)
Verse
(निराश-निराश रूपहरूमा मुस्कानको छवि झल्कनेछ) (२)
(तुरहीका स्वरहरू सृष्टिभरि गुञ्जिनेछन्) (२)
Verse
(दु:ख र व्यथा बोकेको सृष्टि तुरहीको लयमा गाउनेछ) (२)
(दुःखको सागर बनेको मुहारमा हाँसोको रेखा देखिनेछ) (२)
Verse
(सबै आँखाले देख्नेछ, सबै कानले सुन्नेछन्)
(तर येशू जो जीवित छ, महिमित बादलमा पुग्नेछन्) (२)