KB · Hymns · #777
सधैंभरि सब कुरामा पूरा भरपूर भएर
D3/4
Verse
सधैंभरि सब कुरामा पूरा भरपूर भएर
हरेक उसल कामका लागि तिमी होऊ भरपूर ।
Chorus
भरपूर पार्न तिमीलाई अनुग्रह प्रशस्त
दुर्बलतामा हुन्छ सिद्ध प्रभु ख्रीष्टको सामर्थ्य ।
Verse
सधैं तिमीलाई सबै अनुग्रह प्रशस्त
दिनलाई सामर्थी छन् हाम्रा पिता परमेश्वर ।
Verse
प्रभु ख्रीष्टको सामर्थ्य म माथि रहोस् भनेर
खुसी सित दुर्बलतामा गर्व गर्न सकूँ म ।
Verse
ख्रीष्टका निम्ति निन्दाहरू अनि अभावहरूमा
सतावट र क्लेशहरूमा आनन्द गर्न सकूँ म ।