KB · Hymns · #640
सम्झेर त्यो दिन आज मेरो
D4/4
Chorus
सम्झेर त्यो दिन आज मेरो, परेली भिजेको छ (२)
(प्रभु येशूलाई रोपेको भाला, मुटुमा बिजेको छ) (२)
Verse
कति दुःख भयो होला क्रूसको भारी बोक्दा कति
पिड़ा भयो होला हात पाउमा काँटी ठोक्दा (२)
हाँसी हाँसी प्रभुले प्राण त्याग्नुभो’
(म जस्तो पापीलाई जीवन दिनुभो’) (२)
Verse
मानिसलाई माया गरी आफै धोका पाउनुभयो
तै पनि खुशी भई क्षमा पनि गर्नुभयो (२)
साँच्ची नै प्रभु मायाकै खानी हुन् हो
(म जस्तो तुच्छलाई अङ्गालो हाल्नुभो’) (२)