KB · Hymns · #719
मेरो विश्वासको विश्रामस्थान
G3/2
Verse
मेरो विश्वासको विश्रामस्थान, धर्म-कर्म होइन
विश्वास छ जिउँदो प्रभुमा, क्रूसको रगतमा
Chorus
कुनै अर्को तर्क चाहिँदैन, चाहिँदैन अर्को अनुरोध
यथेष्ट येशू मर्नुभो, मेरो लागि मर्नुभो ।
Verse
यथेष्ट येशू बचाउँछन्, त्रास चिन्ता अब छैन
पापी म ख्रीष्टकहाँ आउँदछु, कहिल्यै अफालिन्न ।
Verse
भर पर्छु ख्रीष्टको वचनमा, त्यो लिखित वचनमा
मुक्ति येशूको नाउँमा, उहाँको रगतमा
Verse
हराएका बचाउने प्रभु, निको गराउनुभो
अनमोल रगत बगाएर, जीवन दिनुभो ।