KB · Hymns · #336
लिनोस् प्रभु मेरो ज्यान
Verse
लिनोस् प्रभु मेरो ज्यान, होस् तपाईंलाई बलिदान
लिनोस् हरेक दिन र क्षण सधैँ स्तुतिमा बितून् ।
Verse
लिनोस् मेरो हात, प्रभु, लाउनोस् काममा तपाईंको
लिनोस् मेरो पाउ, प्रभु, आफ्नो पथमा हिँड़ाउन ।
Verse
लिनोस् मेरो स्वर, प्रभु, तपाईंको बढ़ाइ गर्छु
लिनोस् मेरो ओठ, प्रभु, होस् सुवचन भरेको ।
Verse
लिनोस् मेरो धन, प्रभु, सब तपाईंलाई बुझाउँछु ।
लिनोस् बुद्धि, ज्ञान, प्रभु, वशमा ल्याई तपाईंको ।
Verse
लिनोस् इच्छा, हे प्रभु आफ्नैसित मिलाउनु ।
लिनोस् मन आफ्नै ठान्नोस् तपाईंको सिंहासन होस् ।
Verse
लिनोस् मेरो प्रेम, प्रभु चरणमा म खन्याउँछु
लिनोस् तन-मन-धन, प्रभु, ख्रीष्टकै लागि जिउनेछु ।