KB · Hymns · #428
त्यो प्रेमको देश म हेर्दैछु
D6/8
Verse
त्यो प्रेमको देश म हेर्दैछु,
परमानन्दको ध्यान म गरी
सब उज्यालो भइरहेको
महिमितको ज्योतिले भरी ।
Chorus
त्यो प्रेमको देश खुश आनन्दको,
छैन वहाँ रात संसारको
हिँड़्दै जाँदा, प्रेमको देशमा,
छिट्टै हुन्छौँ प्रेमको देशमा
Verse
त्यो प्रेमको देश शान्त छ सीमा,
वहाँ छैन दुःख, न पापको दाग
वहाँ जो भेट्छन्, छुटिँदैन,
धर्मीहरू हुन्छन् भेटघाट ।
Verse
छैन आसमान यहाँको जस्तो,
रात नै फरक, दिन नै फरक
घाम लाग्नलाई छैन दरकार,
छँदै छैन अँध्यारो रात ।
Verse
शोकको हावा वहाँ बग्दैन त्यस
सुख र शान्तिको देशमा
वहाँ जो पुग्छन्, आसन पाउँछन्,
ईश्वरसँग त्यस देशैमा ।