प्रभु बाटो देखाइदेऊ जीवनको हर पलपलमा
C4/4
Chorus
प्रभु बाटो देखाइदेऊ जीवनको हर पलपलमा
प्रभु ज्योति देखाइदेऊ जीवनको अँध्यारोमा
Verse
आउँदछु म तपाईंको छेउ निष्पट अँध्यारो संसारदेखि
पापै भएको जीवन लिई तपाईंमा जीवन पाउन ।
Verse
बित्न लागेको उद्धारको दिन धेरै समय अरू पापमा बिताई
जिउन चाहन्छु, हिँड़्न चाहन्छु बाँकी समय प्रभु येशूमा ।