पवित्र आत्मा अगुवा सधैँ बस्नुहोस् साथमा
F3/4
Verse
पवित्र आत्मा अगुवा, सधैँ बस्नुहोस् साथमा
यहाँ परदेशी जो छु, लौ डोर्याउनुहोस्, प्रभु
थकित प्राण रमाउनेछ स्वर तपाईंको सुनेर
यसो भन्दै गरेको, आइज तँलाई डोर्याउँछु ।
Verse
साथमा बस्नुहोस, सधैँ गोहार दिइरहने तपाईं
अन्धकारको माझमै प्रभु नछोड़्नोस् मलाई
जब आँधी चल्दछ, जब सानो हुन्छ मन
भन्नुहवस् बिस्तरै, आइज डोर्याउँछु तँलाई ।
Verse
मेरो बेला आइपुग्दा जाने तपाईंछेउ वहाँ
जब स्वर्गलाई सम्झन्छु आशा गर्दै इनामको
बसीकन यो ठाउँमै हेर्छु जब तपाईंलाई
भन्नुहवस् बिस्तारै, आइज डोर्याउँछु तँलाई ।