पक्री राख बलियो गरी
Chorus
पक्री राख बलियो गरी, म नआउन्जेल जे तिमीसँग छ (२)
जसको कान छ, त्यसले सुनोस्, आत्माले मण्डलीलाई के भन्दछ
पक्री राख, पक्री राख
Verse
हेर, म चाँडै आइरहेकोछु, बलियो समात तिमीमा जे छ
मृत्युसम्मै नै रहे विश्वासी, जीवनको मुकुट तिमीलाई दिन्छु ।
Verse
विश्वासको उत्तम लडाइँ लडी, अनन्त जीवनलाई बलियो पक्र
जसका निम्ति नै तिमी बोलाइयौ, यसैका निम्ति विश्वासयोग्य बन ।
Verse
विवेकलाई सधैं पवित्र राख, विश्वासको नित्य रखवाली गर
खाँटी वचनको नमूनालाई लिई, आशाको आनन्दलाई पक्री राख ।
Verse
इस्करयोतिझैं प्रभुको सेवा, हमेनियसले झैं आफ्नो विश्वासलाई
वर्णवासले झैं मण्डली दर्शनलाई, खोस्न नदेऊ है धूर्त शैतानलाई ।
Verse
ज-जसले जय पाई मेरा कामलाई, अन्तसम्म नै सम्हाली राख्छ
सब जातिमाथि हक दिनेछु, बिहानीको तारा पनि दिनेछु ।