KB · Hymns · #331
अङ्ग प्रत्याङ्गका मालिक म गर्छु प्रणाम्
C4/4
Chorus
अङ्ग-प्रत्याङ्गका मालिक म गर्छु प्रणाम्
धन्य धन्य सृष्टिकर्ता अमर छ तिम्रै नाम (२)
Verse
तिम्रा सृष्टि यी दुइ हात छन् कति राम्रा
तिम्रा सृष्टि यी दुइ पाउ छन् कति राम्रा
यी मेरा हात यी मेरा पाउ अङ्ग हुन् तिम्रा
जे गरूँ म, जहाँ जाऊँ म, होस् तिम्रै महिमा
Verse
तिम्रा सृष्टि यी दुई कान छन् कति राम्रा
पतिम्रा सृष्टि यी दुइ ओठ छन् कति प्यारा
यी मेरा कान, यी मेरा ओठ अङ हुन् तिम्रा
जे सुनूँ म, जे बोलूँ म, होस् तिम्रै महिमा
Verse
तिम्रा सृष्टि यी दुइ आँखा छन् कति राम्रा
अन्धो हुन् त मनका आँखा छन् ती चनाखा
छन् जो मेरा यी दुइ आँखा अङ्ग हुन् तिम्रा
जहाँ जे जति देखेँ मैले, होस् तिम्रै महिमा
Verse
ज्ञान र बुद्धि जति मेरा हुन्, यी तिम्रै दान
अङ्ग-प्रत्यङ्गमा प्यारको तिम्रो रहेको छ निशान
श्वास-प्रश्वासबाट मेरो, निस्कोस् तिम्रै नाउँ
मेरो यी सर्वाङ्गबाट, होस् तिम्रै काम (२)