KB · Hymns · #481
बादलमा फेरि आउनेछन् येशू राजा
G4/4
Chorus
बादलमा फेरि आउनेछन् येशू राजा
यही आशामा हाँसिदेऊ, आँसुलाई थामिदेऊ
Verse
तिमीले मुटु बाँधेर कारागारहरूमा पर्खेका छौ
तिमीले निन्दा चोटहरू उनको निम्ति भनेर खपेका छौ
साथी-समाज छुटेर जाँदा, आकाशमा उनलाई कुरेका छौ (२)
निश्चय नै प्रभु आउनेछन् त्यही आकाशमा
तिम्रो धिरजलाई नहराऊ, केही बेर पर्खिदेऊ ।
Verse
तिम्रो गाउँलाई पनि उनले जीवनको किताबमा लेखेका छन्
तिम्रो ठाउँ उनले आफ्नो घरमा अनन्तसम्मलाई तोकेका छन्
तिम्रो हृदय दुःखित नबनोस् उनको वचन सधैँ याद गर (२)