KB · Hymns · #66
धन्य प्रभु येशूको शान्तिदायक जसको नाउँ
D6/8
Chorus
धन्य प्रभु येशूको, शान्तिदायक जसको नाउँ
स्तुति गरौँ बारम्बार हाम्रो प्रभुको
Verse
अपार छ प्रभुको प्यार अधर्मी जातिप्रति (२)
क्षणभरको जीवन हाम्रो (२) गर्नुभो’ फेरि तारण हाम्रो ।
Verse
जगत् सारा संसार अन्धकार पापैमा छ (२)
ज्योति बनि आउनुभो’ प्रभु (२) स्वर्गीय राज्यको मार्ग बनाई ।
Verse
उदेक छ प्रभुको कार्य, कसरी भूलौँ, हे भाइ (२)
आनन्दित मनले उनलाई भजौँ (२) सुनाइरहौँ उनको जयजय गान ।