KB · Hymns · #77
होसन्ना, जोर होसन्ना
G4/4
Verse
होसन्ना, जोर होसन्ना गाउँथे बालक साना
गुञ्ज्यो खुशीको स्तुति अल्गो भवनभरि,
येशू जसले आशिष् दिए सबका प्यारा भए
गाए स्तुति बालकले उत्तम साधा तौरले ।
Verse
पछ्याए भीड़ साथ लागि जैतून डाँड़ाबाटै
खजूरको पात हल्लाउँदै चर्को स्वर निकाल्दै,
स्वर्गदूतले गरे स्तुति नीलो आकाशदेखि
उच्च स्थानमा होसन्ना, पितालाई महिमा ।
Verse
स्वर्गमा होसन्ना हो, गाऔँ गीत पुरानो यो
ख्रीष्ट हाम्रा मुक्तिदाता स्वर्गका प्रभु राजा ।
सधैँ स्तुति गर्न पाऔँ तन-मन र स्वर सब लाऔँ
उनका शान्तिका राज्यमा अनन्त हर्ष मनाऔँ ।