KB · Hymns · #401
बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ
C6/8
Chorus
(बड़्दै-बड़्दै जाऔँ पछि नहटौँ, क्रूसको झण्डा काँधमा लिई,
अघि बड़्दै जाऔँ) (२)
Verse
(सेना हामी ख्रीष्टका हौ, युद्ध गर्दै जाऔँ,
कनान देशको बाटोमा सब कदम बढ़ाऔँ) (२)
कदम बढ़ाउँदै जाऔँ, बैरीलाई हराऔँ
कनान देशमा हामी सब जयवन्तको गीत गाऔँ ।
Verse
(कप्तान हाम्रो सेनाको ख्रीष्ट आफै हुन्
तरवार हाम्रो आत्माको, झिलम धर्मको) (२)
सायता उनी गर्छन् जीवन संग्राममा
दैनिक जीवनको हाम्रो कदम-कदममा ।
Verse
(बैरी धेरै भए, हमी तै हरेस नखाऔँ
जयवन्त शक्ति पाउनलाई ख्रीष्ट शरणमा जाऔँ) (२)
शत्रुलाई हराऔँ, झण्डा फर्फराऔँ
हृदय हाम्रो नवीन जोशले भराउँदै जाऔँ ।